logo-img

रास्वपालक्षित गगनको टिप्पणी : नयाँ दलबाट पनि संविधानमाथि प्रहार भयो
‘कांग्रेसलाई संकट छ भन्ने छुट छैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताए । 

थापाले आफू जादुगर हुँ भन्दै आउने लोकरिजाँइको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने बताए । 

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति पनि लक्षित गर्दै विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको आरोप लगाए ।

‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तीनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ,’ शुक्रबार कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्‍घाटन गर्दै थापाले भने । 

उनले कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । थापाले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए । उनले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १६:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया