logo-img

पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

मंगलबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।    

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक/दुई स्थानमा भने छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।   

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार ६:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया