logo-img

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीको पुनरामन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ३–१ गोलको पुनरागमन जित निकालेको हो । 

३० औँ मिनेटमा क्रिस्टलले अग्रता लिएको थियो । उसका जेफरसन लिमाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको क्रिस्टलले दोस्रो हाफको सुरुमै खेल बराबरी गर्न सफल भयो । चेल्सीका लागि ४७ औँ मिनेटमा कोनर जोन गालाघरले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा गालाघरले नै व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी २–१ गोलले अघि बढेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा इन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सी अन्ततः ३–१ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो ।

जितसँगै चेल्सी २४ खेलबाट ३४ अंक बनाएर तालिकाको दशौं स्थानमा छ । पराजित भएको क्रिस्टल भने २४ खेलबाट २४ अंकका साथ तालिकाको १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगमा लिभरपुल २४ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा रहँदा २३ खेलबाट ५२ अंक बनाएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।






  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार ८:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया