आर्थिक विवादले सलमान र करणको ‘द बुल’ को सुटिङमा ढिलाइ

अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मिहिनेत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए ।

तर अब भने फिल्मको मुहूर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ । जसकारण फिल्मको काम रोकिएको छ । फिल्म निकट स्रोतका अनुसार सलमान र करणबीच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन । जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ ।

‘द बुल एक महँगो फिल्म हो र करणले ‘ब्याक एन्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन् । तर, सलमान भने एडभान्स पैसा मागिरहेका छन् । तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रुपले व्यवहारिक लागेको छैन । उनले अब वित्तीय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ ।

यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुसी छ । तर, उनी आफ्नो व्यक्तिगत नोक्सानी व्यहोर्न चाहँदैनन् । ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ । तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ । एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले भनेको छ ।  

‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो । तर, फिल्मलाई डिसेम्बरसम्म सारियो । फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो ।





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १०:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया