इजिप्टमा चरम आर्थिक संकट

इजिप्टले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यो देशको हालत यति नाजुक भएको छ कि शहर बेच्न तयार छ । इजिप्टमा यो संकट विदेशी मुद्रा सञ्चितिमा अप्रत्याशित गिरावटका कारण आएको हो । 

यस्तो अवस्थामा विदेशी मुद्रा सञ्चिति बढाउन र आर्थिक भार कम गर्न इजिप्टले राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र संयुक्त अरब इमिरेट्सलाई २२ अर्ब डलरमा बेच्न तयार छ । 

उक्त शहरले अफ्रिकामा ढुवानी र आपूर्तिको लागि प्रमुख बन्दरगाहको लागि टर्कीलाई सहजता प्रदान गर्ने छ । अलेक्जेन्ड्रिया सहरको स्थापना अलेक्जेन्डर द ग्रेटले गरेका थिए । यो शहर धेरै सभ्यताहरु द्वारा कब्जा गरिएको छ । 

अलेक्जान्ड्रिया सहरमा बस्ने टर्कीहरूसँग बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध स्थापित भएको थियो । तसर्थ, टर्कीसँग अलेक्जान्ड्रियाको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेकाले  अलेक्जान्ड्रिया टर्कीलाई भाडामा वा बिक्री गर्दा दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने मात्र नभई दुवै पक्षले धेरै क्षेत्रमा आर्थिक लाभ लिन सक्ने बताइन्छ । 





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार ७:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया