रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलमा मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ । 

नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो । जसमा नवल्नीको ज्यान जोगिएको थियो ।

यसअघि नाभाल्नी केही दिनदेखि जेलबाट बेपत्ता भएको खबर आएको थियो । उनका वकिलले पनि उनीसँग कुरा गर्न नसकेको दाबी गरिएको थियो । कैदीको सूचीमा उनको नाम पनि हराइरहेको थियो ।  

तर, उनका वकिलले करिब २० दिनपछि भेट्न पाएका थिए । रुसी सरकारले नाभाल्नीलाई अत्यधिक चिसो आर्कटिक क्षेत्रमा रहेको जेलमा सारिएको थियो । नाभाल्नी यमलो नेनेट्सको खार्प क्षेत्रमा रहेको कारागारमा थुनिएको बताइएको छ । खर्पमा करिब ५ हजार मानिस बसोबास गर्छन् र यो क्षेत्र आर्कटिक सर्कलभन्दा माथि रहेको छ । 

जसका कारण यहाँ अत्याधिक चिसो छ र यहाँको अवस्था निकै खतरनाक छ । कारागारका कैदीहरूको बाहिरी संसारसँग कुनै सम्पर्क छैन र यो रसियाको सबैभन्दा खतरनाक जेलहरूमा गनिन्छ । यो क्षेत्र रुसको राजधानी मस्कोबाट दुई हजार किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार ७:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया