लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भयो, अब सरकार चुप लागेर बस्दैन  : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । 

शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । 

अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । 

उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

गरिब र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरू टुङ्ग्यानुपर्ने उनको भनाइ छ । अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामर्थ्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार ११:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया