फिलिपिन्सको पहिरोमा परी ९८ को मृत्यु

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी सहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ । क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारीअनुसार बेपत्ता अन्य नौजनाको खोजी कार्य जारी  छ ।

फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको सहरनजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो । सो दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

विश्व जोखिम सूचकांक २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ।





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार २१:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया