प्रिमियर लिगमा लिभरपुलको सानदार जित, हारबाट जोगियो सिटी
लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हरायो । लिभपुलको जितमा ३५ औं मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औं मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औं मिनेटमा मोहमद सलाह र ८६ औं मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरे । ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अंकका साथ १४ औं स्थानमा छ । यस्तै, म्यानेचस्टर सिटीले चेल्सीसँग अंक बाँड्यो । सिटी र चेल्सीले एक/एक गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका हुन् । रहिम स्टर्लिङले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अंक लिन सफल भयो ।

बराबरीले सिटी ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अंकका साथ १० औं स्थानमा छ । यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । आर्सनलसँग पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो । यस्तै, नटिङ्घम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले । 





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार ९:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया