logo-img

नेपाल ‘ए’ द्वारा क्यानडा-११ लाई २१७ रनको लक्ष्य, बसिर अहमदको अर्धशतक

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ लाई  २ सय १७ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । 

नेपालका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा तीन चौका र एक छक्कासहित अविजित ५० रनको अर्धशतकीय पारी खेलेका हुन् ।

यस्तै, राशिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।  क्यानडाका लागि कप्तान सादबीच जाफरले १० ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।  

नेपालको प्लेइङ–११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, सन्दीप जोरा, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, बसिर अहमद, विवेककुमार यादव, सागर ढकाल र शाहब आलम ।   





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १२:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया