कांग्रेसलाई शेखर कोइरालाको प्रश्न- के हामी सधैँ कम्युनिस्टहरूको पछि लागेर हिँड्ने हो ?
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रूपमा देखिएको बताएका छन् । 

आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्व सन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले  गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताएका हुन् । 

उनले भने, ‘कतै नेपाली कांग्रेसले आफ्नो मौलिकता गुमाएको त होइन भन्ने मलाई लागिरहेको छ । जननायक बिपी कोइराला, सुशील जी, गणेशमान जीहरुले स्थापित गर्नुभएको पार्टीको एउटा मौलिकता दिनुभएको थियो । त्यो गठबन्धनको छायाँले ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ ।’ 

नेता कोइरालाले महासमिति सदस्यहरूलाई बैठकमा आफ्ना विचार तथा सुझावहरू स्पष्ट तरिकाले राख्न समेत आग्रह गरे । नेपाली कांग्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको भन्दै नेता कोइरालाले पार्टीमा आँच आउन दिन नहुने बताए । 

उनले भने, ‘के हामी सधैँ कम्युनिस्टहरूको पछि लागेर हिँड्ने हो? हामीहरू एक्लै चुनाव लड्ने हो भनेर नेता कार्यकर्ताहरू सोध्नुहुन्छ । हामी तीनै तहको सरकारमा बहुमतसहित सरकारमा छौँ । तर, बहुमत घट्दै गइरहेको छ ।’





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १५:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया