अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न ट्रम्प र हेलीबीच प्रतिस्पर्धा

अमेरिकामा यही वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । 

ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझैं चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहोल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् ।

एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्वराष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन् ।

गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई ‘पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौं’ भनेका थिए । यो भनाइप्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ । 





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १०:४९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया