गाजामा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक
फाइल तस्वीर

गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९ सय ८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत ७ अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनी घाइते भएको बताएको छ ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडित भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । 

इजरायलले ७ अक्टोबरमा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । जसमा १ हजार २ सय मानिस मारिएका थिए । 





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १२:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया