नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा प्रदर्शनमा आउँदै (भिडियाे)

नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ गते प्रदर्शनमा आउँदै छ । नेपाली एनिमेटेड फिल्म ‘सलिना’को आधिकारिक टिजर पनि सार्वजनिक भएको छ । आइतबार रेनमेकर एनिमेसन एकेडेमीले सलिनाको आधिकारिक टिजर सार्वजनिक गरेको हो ।

सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा फिल्मले पेस गर्छ । । ‘भ्वाइस अफ नेपाल’का होस्ट सुशील नेपालको पनि आवाज टिजरमा समावेश छ । टिजरको बीचमा ‘नमस्ते म तपाईंको आफ्नै सुशील नेपाल’ भन्ने डायलग सुनिन्छ । टिजरमा सुशीलको अनुहार नै देखाइएको छ ।

तेजशराज जोशीले निर्देशन गरेको यो फिल्मलाई रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको हो । यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ । 

यसमा पार्श्वध्वनिबाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग नगरिएको जनाइएको छ । कथासँग एनिमेसन र भिएफएक्सको प्रयास प्रशंसनीय छ । सन् २०१९ देखि सुरु भएको यो परियोजना पाँच वर्षमा सम्पन्न भएको छ । 

निर्देशक तेजशराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगीन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । 

सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् । जोशीले यस फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भएको दाबी गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १६:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया