माओवादी र मधेसवादीसँग गठबन्धन गरेर कांग्रेसले अस्तित्व गुमायो : योगेश भट्टराई

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले माओवादी र मधेसवादीसँग गठबन्धन गरेर नेपाली कांग्रेसले आफ्नो अस्तित्व गुमाएको दाबी गरेका छन् । 

एमालेको १०औँ रौतहट जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सोमबार बोल्दै सचिव भट्टराईले यस्तो आरोप लगाएका हुन् । कांग्रेसले आफ्नो सिद्धान्तलाई पाखा लगाएर पार्टी नीतिलाई संकटमा पारेको उनको आरोप छ । 

विचार नमिल्ने माओवादी तथा मधेसवादीसँग गठबन्धन गरेर कांग्रेसले आफ्नो अस्तित्व समाप्त पारेको उनले बताए । चुनावपछि सरकार बनाउन गठबन्धन गर्नु स्वाभाविक भए पनि एमालेलाई सिद्ध्याउने कसम खाएर गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।

सचिव भट्टराईले अब पार्टीको संगठन बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २१:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया