logo-img

वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझदेखि अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा आज हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ भुसालले बताए । पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार)सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । 

निषेधाज्ञा जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृंखल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताए । 

यसैबीच वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी झण्डै एक हजार प्रहरी जिल्लाका विभिन्न स्थानमा खटाइएको निमित्त प्रमुख थापाको भनाइ छ । महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २२:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया