logo-img

विश्वकप लिग–२ : नामिबियाविरुद्ध आसिफको उत्कृष्ट अर्धशतक, रचे इतिहास
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाली टिमका ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ५५ बलमा ८ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । 

आसिफको यो लगातार दोस्रो  अर्धशतक हो । योसँगै उनले इतिहास रचेका छन् । आसिफ अब नेपालका लागि ओडिआईमा १२ अर्धशतक बनाउने एक्लो ब्याटर बनेका छन् ।  



उनले पछिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध अविजित ५४ रनको पारी खेलेका थिए । 

अनिल र देव डकआउट  

नामिबियाविवरुद्ध अनिल साह र देव खनाल शून्यमै आउट भए । देव आठौँ ओभरको अन्तिम बलमा तथा अनिल उनी ६.४ मा शून्यमै आउट भएका हुन् । देवलाई ज्याक ब्रासेलले विकेटकिपरबाट क्याच आउट गराए । अनिल बर्नार्ड स्कोल्ट्जको बलमा आउट भए । यही ओभरको दोस्रो बलमा कुशल भुर्तेल आउट भए । 



उनी ६.२ ओभरमा स्पिनर बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भएका हुन् । कुशलले आज १६ बलमा तीन चौकासहित १८ रन जोडे । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । 



नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १०:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया