logo-img

विश्वकप लिग–२ : नामिबियाका दुवै ओपनर आउट, रोहितले दिलाए दोस्रो सफलता

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ४.१ ओभरमा जेपी कोट्जेलाई तीन रनमा बोल्ड गरे । 

नामिबियाले पहिलो विकेटको रूपमा दोस्रो ओभरको चौथो बलमा निकोलास डेभिनलाई गुमायो । उनलाई दीपेन्द्र सिंह ऐरीले ८ रनमा रनआउट गरे । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।   



यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जन निकोल लोफ्टी–इटनले चार/चार, गेर्हार्ड इरास्मस तथा ज्याक ब्रासवेलले एक/एक विकेट लिए । 

जारी सिरिजमा नेपाल र नामिबिया दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।

नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोरेको थियो । हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।    



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र गुलशन झा । 



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १२:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया