‘टाइगर भर्सेस पठान’ अघि ‘पठान २’

फिल्म ‘पठान’ को सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मस्को स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदै छन् । यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ । 

फिल्ममा शाहरुख एकपटक पुनः पठान अवतारमा र सलमान टाइगर अवतारमा देखिँदै छन् । तर, अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ । यशराज फिल्मस्ले ‘टाइगर भर्सेस पठान’ भन्दा अगाडि ‘पठान २’ निर्माण गर्ने भएको छ । 

‘टाइगर भर्सेस पठान’का लागि एक प्लट तयार पारेर कथामा ट्विस्ट ल्याउने तयारीमा यशराज फिल्मस् जुटिरहँदा उसले ‘पठान २’ बनाउने नयाँ योजना ल्याएको हो । ‘पठान २’ मा शाहरुख नै प्रमुख भूमिकामा हुनेछन् ।

निर्माता ‘पठान २’ लाई सन् २०२४ को अन्त्यसम्ममा फ्लोरमा लैजाने तयारीमा छन् । ‘टाइगर भर्सेस पठान’ यशराज फिल्मस्को नवौँ फिल्म हुनेछ । ‘पठान २ मात्र होइन, यहाँसम्म कि आलिया भट्टीको स्पाई थ्रिलर फिल्म पनि टाइगर भर्सेस पठानको टकरावलाई नयाँ मोड दिनेछ । 

आदित्य चोपडा टाइगर भर्सेस पठानलाई भारतीय फिल्मको सबैभन्दा महत्वाकांक्षी सिनेमाई युनिभर्सको स्पाई वेन्जर फिल्मका रूपमा प्रस्तुत गर्दैछन् । वाईआरएफ युनिभर्समा सबै फिचर फिल्म कसरी टाइगर भर्सेस पठानतिर जान्छन्, यस कुरालाई गोप्य राखिएको छ । पठान २ को सुटिङ पूरा हुनासाथ टाइगर भर्सेस पठानको सुटिङ हुनेछ’, यशराज फिल्मस् निकट स्रोतले भनेको छ ।

‘टाइगर भर्सेस पठान’ सय दिन बढी सेड्युलका साथ सन् २०२६ मा फ्लोरमा जानेछ र सन् २०२७ मा रिलिज हुनेछ ।  यता ‘पठान २’ सन् २०२६ मा रिलिज हुनेछ ।





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार ९:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया