logo-img

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहनेछ । 

चलचित्र घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री शाहले एक वर्षसम्म स्क्रिप्ट राम्रो नपाएकाले फिल्ममा साइन नगरेको र अहिले भने सबै कुरा राम्रो फेला परेकाले रुमानी रङ्गमा अभिनय गर्न तयार भएको बताइन् । उनले चलचित्र सम्बन्धमा रमाइलो र सहज मात्रै नहुने भएको बताइन् । 

अभिनेता धिरज मगरले नेपालमा लभ स्टोरी फिल्म धेरै कम आइरहेको बेलामा यो चलचित्र बन्नुले राम्रो सन्देश जाने बताए । चलचित्र अस्ट्रेलियामा छायांकन हुनेछ । चलचित्रको निर्माता हरि मल्ल ठकुरी र जिएम ठकुरी रहेका छन् ।  





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १७:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया