logo-img

काठमाडौंमा प्लाष्टिक फूलको प्रयोगमा कडाइ

४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध गरेको काठमाडौं महानगरपालिकाले त्यसको अनुगमन गर्न थालेको छ । सजावटका लागि लुकीछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरपालिकाले त्यसको निगरानी बढाएको हो । 

महानगर प्रहरीले होटल, प्यालेस र सम्बन्धित क्षेत्रहरुमा निगरानी बढाएको छ । महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको थियो । त्यसयता यस्तो हानीकारक प्लाष्टिकको प्रयोग घटेको छ । 

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि महानगरपालिकाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो । व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सुक्ष्म निगरानी गरिरहेका छौँ,’ महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले भने, ‘प्लाष्टिकको फूलको प्रयोग भएका भेटिए कारबाही गर्छौँ ।’ 

सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग हुँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार ८:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया