तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरू यथावत् रहने बताए । 

सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

उनले भने, ‘तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले यसै बखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ दिनु भएन भने विरोध यथावत् रहने कुरा पनि जानकारी गर्न चाहन्छु ।’ 

यस्तै उनले मिटरब्याजीहरूलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरू भएको दाबी पनि गरे । उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रूपमा जनता ठगिएका छन् । ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरू छन् । म यो कुरा दाबीका साथ भन्छु । उनीहरूमाथि कुनै कारबाही हुँदैन । नाटक मात्रै हुन्छ । यसबारेमा सरकार गम्भीर हुनुपर्छ ।’  





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १२:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया