logo-img

मुख्यमन्त्री जम्कट्टेल भन्छन्– ‘प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछ’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताएका छन् । 

शुक्रबार २३ औँ मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले माओवादीको क्रान्तिको दिशा मात्रै बदलिएको तर क्रान्ति नछोडेको बताए । मुख्यमन्त्री जम्कट्टेलले माओवादीको क्रान्ति अझै पनि जारी रहेको बताए । उनले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताए । 

‘क्रान्तिको कार्यदिशा बदलिएको छ । क्रान्ति जारी छ । उहाँको नेतृत्वमा १० वर्षको महान जनयुद्ध भयो, त्यसले यो राज्य व्यवस्था परिवर्तन गरेको छ । बाँकी कार्यभार अब हामी समाजवादमा पुग्नुछ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्छौँ । मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै हो ।’  

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गरे । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १८:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया