logo-img

एमालेले भन्यो- ‘नैतिक पतन भएका मन्त्रीलाई पदमा बस्ने अधिकार छैन’
एमाले प्रमुख सचेतक पदम गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै प्रमुख चेतक गिरीले प्रतिपक्षी दलहरूले देशमा सुशासन कायम गर्न निरन्तर खबरदारी गरिरहेको भन्दै सरकार सुन्नका निम्ति तयार नरहेको बताए । 

‘यो देशमा सुशासन कायम गर्नका लागि एमालेलगायत प्रतिपक्षी दलका नेताहरू संयमित भएर शिष्टतापूर्वक यो कुरा सदनमा उठाइरहेका छौँ । तर, सरकार सुन्न तयार छैन,’ उनले भने ।

गिरीले प्रधानमन्त्रीले सिंगो सदनलाई जवाफ दिनुपर्ने भए पनि प्रधानमन्त्री भागेर हिँडिरहेको बताए । सरकारले प्रतिपक्षीहरूलाई उत्तेजित पार्न खोजेको आरोप लगाउँदै नैतिक पतन भएका मन्त्रीहरूलाई पदमा बस्ने अधिकार नभएको बताए ।

मिटरब्याजी पीडित काठमाडौंको चिसोमा कठ्याङ्ग्रिरहेको उल्लेख गर्दै प्रमुख सचेतक गिरीले गृहमन्त्री आफूले समाधान गरेको भन्ने अभिव्यक्ति मित्था भएको आरोप लगाए ।



‘२५ दिनदेखि कञ्चनपुर र झापाबाट आएका मिटरब्याज पीडितहरू हिँडेर काठमाडौंमा आएका छन् । यहाँ चिसोले थुप्रै मान्छेहरू बिरामी भएका छन् । हिजो रोस्टममा गृहमन्त्रीज्यूले सबै समस्या समाधान गरे जसरी संसदमा प्रस्तुत हुनुभयो । माइतीघरमा गएर कोणसभा गर्नुभयो । मैले यो समस्या समाधान गरें भन्नुभयो । तर समस्या समाधान गरेको हो भने किन पीडितहरू काठमाडौं आए,’ गिरीले भने ।  

त्यस्तै, उनले पशुमा लम्पी स्किन, खोरेतलगायत बिरामीका कारण हजारौं पशु मर्दा किसानले क्षतिपूर्ति नपाएको पनि बताए ।



  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १२:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया