logo-img

राप्रपाको चेतावनी- किसानको समस्या समाधान नभए संसद्को अर्को बैठक अवरुद्ध गर्छौँ
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरूको समस्या समाधान नभए संसद्को आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् । 

मिटरब्याज पीडित र लघुवित्त पीडितहरूले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरूलाई खुसी बनाएर फिर्ता नगरे आफूहरू संसद् र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरूको भुक्तानीको विषयमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले  उनीहरूको मागलाई सम्बोधन नगरेर संसद्को आगामी बैठक अवरुद्ध गर्ने र त्यस क्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताए । 

अध्यक्ष लिङ्देनले भने,  ‘खासगरी मिटरव्याज पीडितहरूका कुरा, दुग्ध उत्पादक किसानहरूको भुक्तानीको विषय, लघुवित्त पीडितहरूको समस्या र सँगसँगै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनामाको विषय । लामो समयदेखि संसद्ले यी विषयहरूलाई मुद्दाको रूपमा उठाइराख्दाखेरी पनि सरकार सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जस्तो गरेर बसी राखेको छ । आज म ठोस रूपमा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १२:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया