सरकारलाई सभामुखको रुलिङ- संसदमा उठेका प्रश्नको जवाफ दिनू
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसदले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् । रुलिङ भएसँगै सभाको बैठक नियमितरूपमा सुचारु भएको छ । 

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘बैठकमा नियमितरूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यसअघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विवादित मन्त्रीको राजीनामाको माग गरेका थिए । मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफसमेत माग गरेका थिए । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १३:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया