logo-img

बजेट कार्यान्वयन फितलो हुँदा जनअपेक्षाअनुसार विकास भएन : आरजु राणा

नेपाली कांग्रेस सांसद डा. आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् । सोमबारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरिन् । 

उनले बजेट दिनका लागि सांसदहरू हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् । उनले सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘कार्तिकको १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेन्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु । आज हामी प्रि बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरू हानथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै प्रश्न गरिन् ।  





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १३:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया