के छन् बजेटका सिद्धान्त र प्राथमिकता ? [पूर्णपाठसहित]

‘आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव’ प्रतिनिधि सभामा पेस गरिएको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रशाशशरण महतले आर्थिक वर्ष २०८१/८२ लागि विनियोजन विधेयकका लागि विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भमा (कर प्रस्ताव बाहेक) भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका हुन् । 

अर्थमन्त्री महतले अगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा सदनको अपनत्व सुनिश्चित गर्न बजेटको कार्य तालिका परिवर्तन गर्ने प्रतिबद्धता चालु आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा गरेका थिए ।

अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे । 

लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहलका मारण वित्त नीति तथा मौद्रिक नीति क्रमशः सकारात्मक रूपमा अघि बढेको उनको दाबी छ । 

अर्थमन्त्री महतले भने,‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण,निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ ।’ 



राजश्व संकलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको महतको भनाइ छ ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् 
 



  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १४:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया