वाफ च्याम्पियनसिप : लेबनानलाई हराएर फाइनलमा पुग्ने सोचमा नेपाल

साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज  लेबनानसँग खेल्दैछ । नेपाल र लेबनानबीचको खेल राति १०ः४५ देखि सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता तथा लेबनान समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपाल लेबनानविरुद्ध पनि सहज जित निकाल्दै अपराजित रहेर फाइनलको यात्रा गर्न चाहन्छ । 

फाइल तस्बिर

नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१, दोस्रो म्याचमा इराकलाई ५–० तथा तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले हराएको थियो । हाल फिफा वरियतामा नेपाल १०५औँ तथा लेबनान १३४औँ स्थानमा छ । 

जारी प्रतियोगितामा सावित्रा भण्डारी साम्बाले सानदार प्रदर्शन गरिरहेकी छन् । उनले तीन खेलमा सर्वाधिक ८ गोल गरेकी छन् । साम्बा यस प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्ने पक्काजस्तै छ । किनकी अहिलेसम्म उनी आसपास कुनै पनि खेलाडी छैनन् ।

साम्बाले यही प्रतियोगितामा अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरिन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल गर्ने एक मात्र नेपाली खेलाडी हुन् । 



हालसम्म साम्बाले ४५ खेलमा ५२ गोल गरेकी छन् । उनी सानदार लयको फाइदा उठाउँदै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउने योजनामा छिन् । नेपालले पहिलोपटक वाफ महिला च्याम्पियनसिप खेलेको हो ।



३८ वर्षको इतिहासमा १० पटक विभिन्न प्रतियोगिताको फाइनल पुग्दा नेपाली महिला टोलीले उपाधि जित्न सकेको छैन । यसपटक भने नेपाल उपाधि जितेर इतिहास रच्ने दाउमा छ । 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ६:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया