आठ संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर

मंगलबार एकै दिन आठवटा संसदीय समितिको बैठक बस्दैछ । 

महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तर भाषिक, अन्तर धार्मिक, अन्तरसांस्कृति सहिष्णुता प्रवर्द्धनका विषयमा छलफल हुँदैछ । 

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ । 

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानुन न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् ।  
 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ८:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया