सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता, तोडिन् भारतीय खेलाडीको रेकर्ड

राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला खेलाडी बनेकी छन् । 

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपअन्तर्गत गएराति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै उनले यो उपलब्धि हासिल गरेकी हुन् ।   

यसअघि दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला खेलाडीको रेकर्ड भारतकी बाला देवीको नाममा थियो । सावित्राले अब उनलाई पछि पारेकी छन् ।

बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी छन् । जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन् । उनको जारी वाफमा चार खेलमा ९ गोल गरेकी छन् ।  





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ९:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया