सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको हो ।

फ्रान्सको क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित सावित्रा फिफा विन्डोमा रहेको टोलीको खेलमा मात्र अनिवार्य सहभागिता हुन पाउने प्रावधान छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको थियो ।

सेमिफाइनल फिफा विन्डोभन्दा बाहिर रहे पनि फ्रान्सेली क्लबले अनुमति दिँदा उनले मंगलबार सेमिफाइनल खेलेकी थिइन् । तर, अब उनले फाइनल भने खेल्न पाउने छैनन् । सावित्राको क्लबले मार्च २ तारिखमा खेल खेल्ने भएकाले फाइनल वाफ गुमाउने छिन् । 

सावित्राले जारी प्रतियोगिताका चार खेलमा ९ गोल गरेकी छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन् । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १३:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया