टी–२० सिरिजमा नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल पाहुना टोली नेदरल्याण्ड्सँग २ रनले पराजित भएको छ । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । दीपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६३ रन बनाए ।

यस्तै, रोहितले ३६ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५० रनको पारी खेले । यस्तै, आसिफ शेखले ३४, करण केसी र कुशल मल्लले ११/११ रन जोडे । नेदरल्याण्ड्सका लागि रोइलोफ भ्यान डेर मर्वे र साइब्रान्ड एंगेलब्रेचले सर्वाधिक दुई/दुई विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । लेविटको यो डेब्यू खेल हो । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले अविजित ४९, कप्तान स्कट एडवर्डसले ३३ र तेजा निदामनुरुले ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले मात्र एक/एक लिन सके ।





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १५:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया