साफ यु-१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा

साफ यु-१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ । 

प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए । उनले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ । 

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताए । प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानको टिम नेपाल आइसकेको छ । 

सहभागी टोलीले च्यासलर  सातदोबाटोमा अभ्यास गर्नेछन् । प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताए । 

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी चार टिम सहभागी रहेका छन् । प्रतियोगितामा उद्घाटन खेल फागुन १८ गते भूटान र भारतबीच हुनेछ ।  





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १७:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया