केपी ओली कप सेमिफाइनल : जावलाखेल र एनआरटी तथा मछिन्द्र र मानेभञ्ज्याङ भिड्दै
जावलाखेल युथ क्लब

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलका दुवै सेमिफाइनल खेल आज हुने भएका छन् । प्रतियोगिताका उद्घाटनसहित क्वाटरफाइनलसम्मका खेल एन्फा मैदान सातदोबाटोमा भएका थिए । तर, आजका दुवै सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

बिहान साढे ११ बजे जावलाखेल युथ क्लब र एनआरटी पहिलो सेमिफाइनलमा भिड्नेछन् । जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, एनआरटीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।  

आजै दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा मछिन्द्र क्लब र भारतका मानेभञ्ज्याङ एफसी आमनेसामने हुने छन् ।  मछिन्द्रले विभागीय नेपाल पुलिस क्लबलाई ४–० तथा मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

आज भएका दुवै सेमिफाइनलका विजेताले १९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ११ लाख पाउँदा उप विजेता हुने टिमले ५ लाखमा चित्त बुझाउनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ८:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया