‘एनिमल पार्क’मा विक्की कौशल भिलेन !

बलिउड अभिनेता रणवीर कपूरको पछिल्लो ब्लकबस्टर फिल्म ‘एनिमल’को सफलतापछि फिल्मको दोस्रो भाग ‘एनिमल पार्क’को चर्चा चलिरहेको छ । रणवीर र रश्मिका मन्दाना स्टारर यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’मा कसले भिलेन चरित्र निर्वाह गर्ला भन्ने चासो सर्वत्र छ ।

निर्माताले फिल्मको दोस्रो भागको तयारी सुरु गरिसकेका छन् । समाचारअनुसार फिल्मको दोस्रो भागमा अभिनेता बबी देओल नभइ अर्का अभिनेता विक्की कौशलले भिलेन चरित्र निर्वाह गर्नेछन् ।

‘अर्जुन रेड्डी’, ‘कवीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्ट फिल्म दिएका निर्देशक सन्दीप रेड्डी वांगा ‘एनिमल पार्क’मा भिलेन परिवर्तनको तयारीमा छन् । जसका लागि उनले विक्की कौशललाई प्रस्ताव गरेका छन् । फिल्ममा विक्की प्रमुख भिलेन चरित्रमा देखिनेछन् । 

यदि विक्की भिलेन चरित्रमा सहमत भए रणवीर र विक्कीको तेस्रो सहकार्य हुनेछ । विक्की र रणवीर मिल्ने साथी पनि हुन् । दुवैको दोस्ती ब्लकबस्टर फिल्म ‘सञ्जू’बाट भएको थियो । जहाँ विक्कीले रणवीरको मिल्ने साथीको भूमिका निर्वाह गरेका थिए । 

उनीहरूले दोस्रोपटक सहकार्य आलिया भट्ट स्टारर निर्देशक सञ्जय भन्सालीको फिल्म ‘लभ एन्ड वार’मा गरेका थिए । यो फिल्म हाल प्री प्रोडक्सन चरणमा छ । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ८:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया