logo-img

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १२ः९ बजे बस्न लागेको हो । 

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले  ‘बिमस्टेक बडापत्र’ पनि प्रस्तुत गर्नेछन् । 

त्यस्तै, बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्ने छिन् ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संघीय ​संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रतिनिधिसभा बैठकको कार्यसूची :



यस्तै, राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६ क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत कार्यसूची रहेका संसद् सचिवालयले जनाएको छ । 



राष्ट्रियसभा बैठकको कार्यसूची :

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ८:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया