नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो, नेपालले बलिङ गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेदरल्याण्ड्सले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको छ । 

नेपाल र नेदरल्याण्ड्सबीचको खेल साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुभएको छ। आज अनिल शाहको स्थानमा कुशल भुर्तेललाई टिममा समावेश गरिएको छ । 

जारी सिरिजको खेलमा नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ । 

आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच १० टी–२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा जित र ५ खेलमा पराजित भएको छ ।

नेपालको प्लेइङ –११ 



रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, प्रतिश जिसी,आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र गुल्सन झा ।  



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार ११:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया