नेपालको आक्रामक बलिङ, नेदरल्याण्ड्सको छैटौँ विकेट पतन

त्रिकोणात्मक टी–२० सिरिजको निर्णायक खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिँदै  कुशल मल्लले नेपाललाई छैटौं  सफलता दिलाएका हुन् ।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराएका थिए । यसअघि ८औं पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

त्यस्तै करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए । करणले ओभको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा एंगलब्रेक्टलाई आशिफ शेखबाट क्याच आउट गराए ।  





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १२:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया