फ्रेन्च लिगमा ग्वेंगाम्पको महत्वपूर्ण जित, सावित्राको पहिलो गोल

नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ आबद्ध फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध २–० को जित निकालेको छ । गएराति सम्पन्न खेलमा ग्वेंगाम्पको जितमा सावित्रा र एन्टोइन स्टारोभाले एक/एक गोल गरे ।   

खेलमा दोस्रो हाफको सुरुवातमा एन्टोइनले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् । सावित्राले ८६ औँ मिनेटमा मैदान प्रवेश गर्दै इन्जुरी समयमा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो ।  

सावित्राले विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै वान भर्सेस वनमा उत्कृष्ट फिनिस गरेकी थिइन् । यो जितपछि ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । उसले १६ खेलमा १५ अंक जोडेको छ । ग्वेंगाम्प अब रेलिगेसन जोनबाट ७ अंकले माथि छ । 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ६:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया