प्रिमियर लिगमा लिभरपुलको रोमाञ्चक जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले नटिङ्घम फरेस्टविरुद्ध १–० को रोमाञ्चक जित निकालेको छ । लिभरपुलको जितमा डार्विन नुनेजले निर्णाय गोल गरे । 

उनले इन्जुरी समयको नवौं मिनेटमा हेडरमार्फत आकर्षक गोल गरेका थिए । यो जितपछि लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको छ । उसको अब २७ खेलबाट ६३ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २६ खेलबाट ५९ अंक जोडेको छ । पराजित नटिङ्घम १७औँ स्थानमा छ । उसले २७ खेलबाट २४ अंक जोडेको छ । 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया