[अन्तर्वार्ता] दूधकाे मौज्दात पर्याप्त छ, किसानले उत्पादन गरेकाे सबै दूध खरिद गर्न सक्दैनाैँ (भिडियाेसहित)

देशभरका लाखौँ दुग्ध उत्पादक किसान यति बेला चिन्तित छन् । उत्पादित दूध बिक्री भइरहेको छैन भने बिक्री भएको दूधको भुक्तानी पाउन सकेका छैन ।

हुन त शनिबार मात्र आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी संघ र सरकारबीच पाँचबुँदे सहमति भएको छ । सहमतिमा संघको जारी आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ भने दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्ने उल्लेख छ । 

यस्तै, उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थको निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने पनि सहमति भएको छ । 

संघले विभिन्न माग राखेर यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । सहमतिमा चैत २१ सम्ममा भूक्तानी दिने भने पनि त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अन्योल पनि छ । किसानको सरोकार दीर्घकालीन रूपमा कसरी सम्बोधन हुन्छ भन्ने गम्भीर चासो जीवितै छ ।

किसानहरू दूधको पैसा नपाएको लगभग तीन–चार महिना भइसकेको छ । दुग्ध विकास संस्थान, नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले किसानलाई भुक्तानी दिन बाँकी सात अर्ब रुपैयाँ हाराहारी पुगिसकेको छ । अहिले सरकारी स्वामित्वको संस्थान र निजी डेरीसँग पर्याप्त मौज्दात रहेकोले धेरै दूध खरिद गर्न सक्ने अवस्थामा नरहेको डेरी उद्योगीहरूको भनाइ छ । 

यो समस्या किन आयो ? के भारतबाट आयात गरेर नेपाली किसानलाई मर्कामा पर्ने प्रपञ्च भएकै हो ? अहिले देखिएको समस्या कसरी समाधान गर्न सकिएला ? लगायत विषयमा केन्द्रित रहेर फरकधारका लागि रेखा श्रेष्ठले नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालसँग गरेको कुराकानी :





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १८:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया