logo-img

प्रधानमन्त्री दाहाल भन्छन्– ‘कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु’
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन् ।

सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए । माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यसँग भेट गरेका थिए । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो ।

सहिद परिवारका सदस्य विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले सहिदप्रति उच्च सम्मान छ रहेको उल्लेख गर्दै भने, ‘आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ,’ दाहाल सचिवालयले जनाएको छ । 

२१ फागुन अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरूको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १०:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया