logo-img

सरकारको कामकारबाहीमा कांग्रेसले साथ दिएन : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कामकारबाहीमा कांग्रेसले साथ नदिएकाले मन्त्रिपरिषद् पुनर्गठन अघि बढाइएको बताएका छन् ।

सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने  काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन क्याबिनेट पुन गठन गर्न लागेको जानकारी दिए । 

‘जनताको डेलिभरीलाई अलिकति  गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई कांग्रेसको मन्त्रालयबाट सपोर्ट भएन । प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न कुरा गर्नुभएको हो तर कांग्रेसले मानेको थिएन । शान्ति प्रक्रिया टुङ्ग्याइने कुरालाई पनि कानुन मन्त्रीले सहज गर्नुपर्थ्यो त्यो भएन । हाम्रो अप्ठ्यारोमा सहज नगर्ने र उहाँहरूलाई चाहिँ सजिलो गरिरहने कुरामा अप्ठ्यारो परेकोले क्याबिनेट पुन गठन गर्ने कुरामा पुग्नुभएको हो,’ पौडेलले भने । 

उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायतको विषयमा नयाँ शिराबाट अघि बढ्ने र प्रदेशका मुख्यमन्त्री पनि आलोपालोको आधारमा अगाडि बढाउने जानकारी दिए । 

‘राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको प्रसंगमा पनि हामीले नयाँ सिराहाबाट पुन गठन गर्छौँ त्यति मात्र होइन प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामीले अगाडि बढाउँछौँ,’ पौडेलले भने । 

उनको अनुसार एमाले र माओवादी नेताहरूबीचमा भएको पुराना गल्तीहरूको गम्भीर समीक्षा गरी गल्तीहरू नदोहोर्‍याउने  गरी विश्वासको वातावरण बनाए जाने सहमति भएको छ ।  



उनले नेपालको सिंगो राजनीतिलाई नै नयाँ ध्रुवीकरणमा लैजाने भनेर यस्तो कदम चालिएको बताए । 



  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ११:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया