logo-img

धारिलो हतियार प्रहार गरी मध्यराति १५ वर्षीया किशोरीको हत्या
प्रतीकात्मक तस्वीर

मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो ।

पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार ती किशोरी मामाको छोराको घरमा बस्दै आएकी थिइन् । 

घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ । 

आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् । 

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् । 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिससँग सोधपुछ गर्ने र शङ्कास्पद व्यक्तिको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ९:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया