नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेको छ । आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो । अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्याँकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।
 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १०:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया