logo-img

माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताए । 

कूल ८७ सदस्यीय प्रदेशसभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् ।  प्रदेशमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन सदस्य छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १५:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया