logo-img

रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ ।
 
नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साविककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनले तोकेको योग्यताबमोजिम अदालतको फैसलाका आधारमा चौधरी दलको अध्यक्ष हुन योग्य नहुने निर्णय गरिएको जानकारी दिए । 
 
कैलालीको टीकापुरमा ०६२ सालमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेको थियो । 

गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाई चौधरी रिहा भएका थिए । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार २०:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया