महिला विकासका क्षेत्रमा लगानी गर्न सबै क्षेत्रको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरूको जीवनस्तरमा सारभुत परिवर्तन हुने गरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन् । 

११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पारे । 

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताबिना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्रायः देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको बताए । 

उनले सभ्य र समुन्नत समाज निर्माणमार्फत लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले महिलाहरूले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गरे ।  





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १४:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया