logo-img

आर्मीलाई हराउँदै एपिएफ झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो ।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल यही २८ फागुनमा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेतालाई १३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ ।  





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार २०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया